
काठमाडौं– राजधानी काठमाडौं भिन्न दुई होटेल (गेस्ट हाउस)मा एक महिला र पुरुष मृत फेला परेका छन् ।
काठमाडौंको टोखा–९ बुद्धटोलमा रहेको पाँचथर स्यावरुम्बा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । गेस्ट हाउटको दोस्रो तलामा रहेको १०२ नम्बरको कोठामा रुपन्देहीको बुटवल घर भएकी मीना गुरुङ मृत फेला परेकी हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले गुरुङको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान अगाडि बढाएको छ ।
यस्तै काठमाडौंको पकनाजोलस्थित कालिका गेस्ट हाउसमा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिगत ५ महिनादेखि गेस्ट हाउसको कोठा भाडामा लिएर बस्दै आएका अछाम मंगलशेनका ५४ वर्षीय रुपबहादुर शाह मृत फेला परेका हुन् ।
उनी शौचालयमा मृत फेला परेका प्रहरीले जनाएको छ ।