
काठमाडौं – ग्लोबल आईएमई बैंकले शुक्रबार नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
थप गरिएको शाखारहित बैंकिङ सेवासँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १ सय ४ पुगेको छ ।
बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सरस्वतीस्थानमा आफ्नो १ सय ४ औं शाखारहित बैंकिङ सेवा शुरू गरेको हो । शाखारहित बैंकिङ सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सीडीओ जयकुमार घिमिरेले जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयको रोहवरमा गरेका हुन् ।
सरस्वतीस्थानमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय गौरव तिमल्सिनालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवा ग्लोबल आईएमई बैंकको सूर्यविनायक शाखा अन्तर्गत रहने छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय वासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत् बैंकिङ सेवा लिन सक्नेछन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिश होम, सीडीएमए, यूटीएलको महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका वासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा शुरू गरेको हो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३२ शाखा, १ सय ४० एटीएम, ६ एक्सटेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर र १ सय ४ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।