२९ असार २०८३, सोमबार

भारतीय भूमिमा लुटिए नेपाल युवा

कात्तिक ९, २०७५
भारतीय भूमिमा लुटिए नेपाल युवा
प्रतिकात्मक तस्बिर

बाजुरा– भारतीय भूमिमा बाजुराका तीन युवा लुटिएका छन् भने एक सम्पर्कविहीन भएका छन् । 

लुटिनेमा भारत, सिम्लामा काम गरेर फर्किएका हिमाली गाउँपालिका–२ रुम्दीका रघु खड्का, जोल खड्का र नर खड्का छन् । साथीसँगै आएका निर्मल खड्का सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ ।  

घर फर्किने क्रममा हरिद्वारस्थित एक होटलमा बसेका बेला बेहोश बनाई आफूहरुसँग भएको रु दुई लाख र घर ल्याउन तयार पारिएको मालसामानसमेत लुटपाट गरेको युवालाई उद्धृत गर्दै वडाध्यक्ष धनरुप बुढाले जानकारी दिए । लुटिएका युवा आफन्तसँग पैसा मागेर एक सातापछि घर फर्किएका छन् । हराइरहेका निर्मलको खोजीमा सहयोग गरिदिन परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावासलगायत अन्य निकायसमक्ष आफन्तले अनुरोध गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्