
काठमाडौं-खण्डहर बन्न पुगेको रानीपोखरी र त्यसको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण हुन नसके पनि भाइटीकाको दिन खुला हुने भएको छ।
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरीमा रहेको बालगोपालेश्वरको मूर्ति ल्याएर एक दिनका लागि मात्र खुला गर्न लागिएको हो। हाल छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको सो मूर्ति भाइटीकाको अघिल्लो दिन रानीपोखरी परिसरमा राखेर सर्वसाधारणलाई खुला गर्ने तयारी भइरहेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।