२२ असार २०८३, सोमबार

के भयो प्रधानमन्त्रीलाई ? बालुवाटारमै आराम गर्दै

कात्तिक १०, २०७५
के भयो प्रधानमन्त्रीलाई ? बालुवाटारमै आराम गर्दै

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएको छ । 

जसका कारण उनी आज  पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सकेनन् । 

विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण उनी सहभागि हुन नसकेको  स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।  

नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएको जनाएका छन् । 

ओली अहिले बालुवाटारमै आराममा रहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्