२७ जेठ २०८३, बुधबार

रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्ने, बीबीसीबाट राजिनामा

कात्तिक २०, २०७४
रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्ने, बीबीसीबाट राजिनामा
काठमाडौं १७ फागुन - चर्चित पत्रकार रवीन्द्र मिश्रले नयाँ राजनीतिक पार्टी खोल्ने भएका छन् । लामो समयदेखि बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार मिश्रले नयाँ पार्टी खोल्न लागेको जनाएका छन् ।

सामाजीक सञ्जाल ट्वीटरमा मंगलवार एक सन्देश लेख्दै उनले जीवनको सबभन्दा ठूलो चुनौतीपूर्ण निर्णय लिन लागेको जनाएका छन् ।

उनले पार्टीको अवधारणावारे मंगलवार विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जनाएका छन् । ‘हेल्प नेपाल’ नामक संस्था मार्फत सामाजिक काममा सक्रिय मिश्र राजनीतिमा सक्रिय हुने चर्चा पहिलै देखि भएपनि स्थानीय निकाय चुनावको पूर्वसन्ध्यामा मिश्रले पार्टी खोल्न लागेका हुन् ।

मिश्रले बीबीसी नेपाली सेवाबाट राजीनामा दिएका स्रोतले जनायो ।

salt training

कमेन्ट गर्नुहोस्