२८ जेठ २०८३, बिहीबार

जाडो याममा छालामा देखिन्छ समस्या, जोगिन डा.कायस्थले दिए सुझाव

कात्तिक १४, २०७५
जाडो याममा छालामा देखिन्छ समस्या, जोगिन डा.कायस्थले दिए सुझाव

काठमाडौं–विस्तारै मौसम परिवर्तन भइ जाडो मौसम शुरु हुँदैछ । बिहान बेलुकाको समयमा हामीले चिसो महशुस गर्न थालिसकेका छौं । जाडो मौसम शुरु भएसँगै मानिसहरुलाई छाला फुट्ने समस्याले सताउँन थाल्छ । जाडो मौसममा चिसो हावापानीको कारण छाला सुख्खा हुँदा शरीरमा विभिन्न किसिमको समस्या देखिन्छ । 

विशेषगरी जाडोका समयमा छाला फुट्ने, हस्केला पैतला चिरा पर्ने, दाद आउने, धुलो बढ्दा छालामा विभिन्न किसिमको इन्फेक्सन हुन सक्ने वीर अस्पतालका चर्म तथा यौनरोग विभागका प्रमुख डा. भाष्कर मोहन कायस्थले बताए ।

डा. कायस्थका अनुसार जाडो मौसममा चिसो पानीमा धेरै समयमा काम गर्ने महिलामा बाथ रोग देखिन सक्ने, औलाहरु निलो हुने सुन्निने लगायतका समस्या देखिन सक्छ ।
चिसोका कारण देखिन सक्छ यस्तो समस्या :

चिसो पानीको प्रयोग गर्दा औलाहरु चिलाउने
शरीर सुख्खा हुने
जोनीहरुको बाहिरी भागमा बढि सुख्खा भएर माछाको कत्लाजस्तो हुने 
हत्केला पैतला सुख्खा भएर चिरा पर्ने 

जाडो  मौसममा बढी सुख्खा हुने भएकाले धुलो धेरै उड्ने हुँदा धुलोका कारण छालामा संक्रमणहरु बढ्न सक्ने डा. कायस्थले बताए । चिसोको समयमा छाला धेरै सुख्खा हुनेहुँदा छालाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने डा. कायस्थ बताउँछन् । 

‘चिसो मौसममा शरीर सुख्खा हुन्छ, हाम्रो हातखुट्टा अनुहार ओठ सुख्खा भएर फुट्न थाल्छ,’ डा. कायस्थ भन्छन्, ‘ जाडोको मौसममा चिसोबाट जोगिन सके, छालालाई सुख्खा हुनबाट बचाउँन सकिन्छ ।’
छालालाई स्वास्थ्य राख्न यस्तो गर्नुस् 

सम्भव भएसम्म तातोपानीको प्रयोग गर्ने ।
चिसो पानीमा धेरे समय काम नगर्ने ।
छाला सुख्खा भएमा मस्चराइजर क्रिमको प्रयोग गर्ने ।
घरमै पाइने नरिवल, तोरीको तेल घयु पनि सुख्खा ठाउँमा लगाउन प्रयोग गर्न सकिन्छ ।

जाडो मौसममा आगो ताप्ने, घाम ताप्ने गरिन्छ ।  धेरे समय आगो ताप्ने र घाममा बस्ने गर्दा छाला झनै सुख्खा हुने डा. कायस्थ बताउछन् । जाडो मौसममा धेरे समय घाम ताप्दा अनुहारमा चाया,पोतो आउन सक्ने भएकाले घाम ताप्दा सन्सक्रिमको प्रयोग गर्ने र प्रत्यक्ष अनुहारमा घाम नपर्ने गरी घाममा बस्न उनको सुझाव छ ।
 

salt training

कमेन्ट गर्नुहोस्