०२ असार २०८३, मंगलबार

लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँच जना तम्घासबाट पक्राउ

कात्तिक १५, २०७५
लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँच जना तम्घासबाट पक्राउ

गुल्मी-लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँचजनालाई सदरमुकाम तम्घासबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–८ का २६ वर्षीय विजय लिम्बू, गुल्मीको रेसुङ्गा नगरपालिका–२ का १९ वर्षीय नवीन विक, सोही ठाउँका १८ वर्षीय विवेक गुरुङ, मुसिकोट नगरपालिका–८ का १९ वर्षीय बिपीन ठकुरी र मुसिकोट नगरपालिका–३ का १८ वर्षीय विशाल रायमाझी रहेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताउनुभयो ।

मङ्गलबार राति ९ बजे रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका पूर्णबहादुर थकालीको घरमा लागुऔषध सेवन गरी होहल्ला गरेको सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ८० ग्राम हरियो गाँजा, चरेसजस्तो देखिने धुलो २० ग्राम, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाँजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्