०७ असार २०८३, आइतबार

पानी ट्यांकरको ठक्करबाट नयाँबजारमा पैदलयात्रीको मृत्यु

कात्तिक १५, २०७५
पानी ट्यांकरको ठक्करबाट नयाँबजारमा पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौंको नयाँबजारस्थित धारा गल्ली नजिकै गएराति पानी ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

राती साढे २ बजे बा २ ख ९६५० नम्बरको पानी ट्यांकरको ठक्करबाट पैदलयात्री नुवाकोट ककनी घर भएका ४५ वर्षीय सिंहबहादुर लामाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान पौने ७ बजे मृत्यु भएको हो । 

दुर्घटना पश्चात फरार ट्याङकर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्