०२ असार २०८३, मंगलबार

तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन

कात्तिक १५, २०७५
तोकिएको मितिमै विमानस्थल निर्माण गर्न नेता नेपालको निर्देशन

कास्की- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण दिँदै पोखरा विमानस्थल समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । 

सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक नेपालले विमानस्थलको हालसम्मको काम भने सन्तोषजनक भएको र तोकिएको मिति २०२१ जुलाइमा पूरा गर्नेतर्फ कार्य अघि बढाउनुपर्ने बताए । 
 नेता नेपालले काममा ढिलाइ गर्ने र समय गुजार्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रदेश सरकारले नजिकबाट हेरिरहेको र सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न विमानस्थल तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा जोड दिए । 

पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले नेता नेपालको टोलीलाई समग्र आयोजनाको प्रगति विवरण जानकारी गराएका थिए । नेता नेपालले आजै फेवातालकोसमेत निरीक्षण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्