२९ जेठ २०८३, शुक्रबार

प्रदेश एकको नाम र केन्द्रको टुङ्गो छिट्टै लाग्ने

कात्तिक १६, २०७५
प्रदेश एकको नाम र केन्द्रको टुङ्गो छिट्टै लाग्ने

खाँदबारी- प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताउनुभएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहिबार आयोजित कार्यक्रममा उहाँले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताउनुभएको हो ।  

“प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ”, मन्त्री घिमिरेले भन्नुभयो, “नाम र राजधानीका विषयमा बहस भइरहेको छ ।” सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उहाँले किमाथाङ्का– जोगवनी सडक जोडिएपछि प्रदेश १ लाई यसले समृद्ध बनाउने र पर्यटकीय हिसाबले पनि यो जिल्लाको महत्व बढेको छ भन्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्