२५ जेठ २०८३, सोमबार

उपचारका लागि थाइल्याण्ड गए मुख्यमन्त्री

कात्तिक १६, २०७५
उपचारका लागि थाइल्याण्ड गए मुख्यमन्त्री

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् । 

दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए । 

यसअघि उनले वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराए पनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए । 
उनी कात्तिक २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार उनको निजी खर्चमा हुने भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्