२२ असार २०८३, सोमबार

तामाकोशीमा लगानीकर्ताको आर्कषण, दुई दिनमै मागभन्दा बढी आवेदन

कात्तिक १७, २०७५
तामाकोशीमा लगानीकर्ताको आर्कषण, दुई दिनमै मागभन्दा बढी आवेदन

काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा शुक्रबारसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी रु दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको हो ।

“सरकारी स्वामित्वको कम्पनीमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहन्छ भन्ने सन्देश गएको छ”, प्रवक्ता डा न्यौपानेले भने । कम्पनीले यही कात्तिक १९ गतेसम्म साधारण शेयर बिक्री गर्ने समयसम्म करीब छ गुणाको आवेदन पर्ने अनुमान छ ।

कम्पनीले गत बुधबार मात्रै दोलखावासीका लागि बिक्री गरेको साधारण शेयरको बाँडफाँट गरेको थियो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्