१९ असार २०८३, शुक्रबार

अन्तरवार्ता लिँदाका रवीन्द्र मिश्रको रोचक स्मरणः जब गिरीजाप्रसादले कडा प्रश्नमा फोन राखिदिए...

कात्तिक २०, २०७४
 अन्तरवार्ता लिँदाका रवीन्द्र मिश्रको रोचक स्मरणः जब गिरीजाप्रसादले कडा प्रश्नमा फोन राखिदिए...
काठमाडौं, १७ फागुन– राजनीति गर्न भन्दै मंगलबारदेखि बीबीसी नेपाली सेवा छाडेका चर्चित पत्रकार रवीन्द्र मिश्रले अन्तर्वार्ता लिँदाका रोचक स्मरण सुनाएका छन् ।
Rabindra-mishra-2016
बीबीसीको मल्टिमिडिया लाइभ कार्यक्रममा अन्तर्वार्ताका रोचक अनुभव सुनाउँदै उनले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाले कडा प्रश्न भएपछि ‘लल भैगो भैगो ..’ भन्दै फोन काटिदिएको सुनाए ।

‘गिरीजाप्रसाद कोइरालालाई प्रश्न सोध्दा सुरुमै कडा प्रश्न सोध्न हुँदैन थियो । विस्तारै कडा प्रश्न सोध्दै जानुपथ्र्यो । मैले त्यसैगरि प्रश्न सोध्दा एकपटक बीचमा कडा प्रश्न गयो । उनले ल ल पुग्यो पुग्यो, भैगो भैगो भन्दै जवाफ दिनुभयो । फेरि कडा प्रश्न सोध्दा ल ल भयो भयो भन्दै फोन ड्याम्प राखिदिनु भयो’, उनले सुनाए ।

पछि आफूले अन्तर्वार्ता बजाउँदा सोधेको प्रश्न कोइरालाले जवाफ नदिएको भनि उल्लेख गर्नुपरेको समेत सुनाए ।

यस्तै उनले राजनीतिज्ञ तुलसी गिरीलाई अन्तर्वार्ता दिन जान्ने राजनीतिज्ञको संज्ञा दिए । शाही शासनकालमा आफूले गिरीको अन्तर्वार्ता लिएको सुनाउँदै उनले भने, ‘मैले आफ्नो रेडियो यात्रामा हजारौंको अन्तर्वार्ता लिएँ, तर उनीजस्तो अन्तर्वार्ता दिन जान्ने मान्छे महिले अहिलेसम्म भेटेको छैन ।’ उनको तर्कमा दम रहेको र अन्तर्वार्ताकारलाई नै आच्छुआच्छु पार्न सक्ने क्षमता रहेको बताए । मिश्र खरो अन्तर्वार्ताकारका रुपमा चिनिन्थे ।

salt training

कमेन्ट गर्नुहोस्