०६ साउन २०८३, बुधबार

डोल्पा जिप दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दु:ख व्यक्त, दुर्घटना न्यूनिकरण गर्न आग्रह

कात्तिक २०, २०७५
डोल्पा जिप दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दु:ख व्यक्त, दुर्घटना न्यूनिकरण गर्न आग्रह

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गर्नुभएको छ । आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा भएको उक्त घटनाले आफूलाई निकै मर्माहत तुल्याएको बताउनुभयो ।

उहाँले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले जीप दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

सडक दुर्घटनाबाट वर्षेनी मानवीय क्षति हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले दुर्घटना न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न गराउन सम्बन्धित निकाय तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्