२१ असार २०८३, आइतबार

चामत्कारिक घर र सवारी कर्जापछि एनअाईसी एसियाले ल्यायो चामत्कारिक बचत खाता

कात्तिक २०, २०७५
चामत्कारिक घर र सवारी कर्जापछि एनअाईसी एसियाले ल्यायो चामत्कारिक बचत खाता

काठमाडौं – चमत्कारिक सवारी कर्जा तथा चमत्कारिक घरजग्गा कर्जाको लोकप्रियतापछि एनआईसी एसिया बैंक लिमिटेडले चामत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूको अपेक्षा र दिपावलीको अवसर पारेर नेपाली नारीहरूका लागि सुन तथा चाँदीको उपहारसहित चमत्कारिक विशेषता भएको “चमत्कारिक बचत खाता” सञ्चालनमा ल्याएको हो । 

यस बचत खाताका चमत्कारिक विशेषताहरू

१. ७ % वार्षिक ब्याजदर 

२. न्युनतम मौज्दात रु १०००

३. दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी

४. अनलाइनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने

५. वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार छन् 

उपहारहरू

१. १० ग्राम चाँदीको सिक्का
यस बचत खाता खोलेपछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  

२. २५ ग्राम चाँदीको सिक्का 
यस बचत खाता खोले पछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  

३. २.५ ग्राम सुनको सिक्का
यस बचत खाता खोले पछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु. १५,००,००० भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  

४. ५ ग्राम सुनको सिक्का
यस बचत खाता खोले पछि ग्राहकमहानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु. ३०,००,००० भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ । 

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार २०० अर्बभन्दा बढी पुगेको बैंकले दाबी गरेको छ । कूल निक्षेप करीब १६७ अर्ब तथा कर्जा १४२ अर्ब पुगेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करीब १३ लाख ५० हजार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्