११ साउन २०८३, सोमबार

मेयरकाे गाडी तोफोड गरेका आरोपी २० हजार धरौटी तिरेर रिहा

कात्तिक २०, २०७५
मेयरकाे गाडी तोफोड गरेका आरोपी २० हजार धरौटी तिरेर रिहा
प्रतिकात्मक तस्बिर

इनरुवा– जिल्ला अदालत सुनसरीले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको गाडीमा तोडफोड गरेको आरोपमा पक्राउ परेका तीन जनालाई आज धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

दुर्गा मन्दिरको अवलोकन गर्नका लागि आएका बेला नगर प्रमुख सवार बा१झ ५१८ नंको गाडीमा तोडफोड गरेको आरोपमा पक्राउ परेका इनरुवा–२ का २० वर्षीय नवीन सेख सिद्धिकी, १९ वर्षीय रैप भन्ने अर्जुन मेहता र २२ वर्षीय ज्याक भन्ने जोगिन्द्र उराँवलाई जनही २० हजार धरौटी राखेर तारेखमा रिहा गर्न आदेश दिइएको अदालतले जनाएको छ । 

न्यायाधीश ध्रुवकुमार उप्रेतीको एकल इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयले उनीहरुमाथि हुलदङ्गा तथा तोडफोड गरी हानि–नोक्सान गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्