०३ असार २०८३, बुधबार

विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

कात्तिक २०, २०७५
विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

सप्तरी- जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । 

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र मदिरा व्यवसाय गर्न पाउने छ । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा आज बसेका सर्वदलीय, सर्वपक्षीय बैठकले मदिरा व्यवसायीले बेलुका ८ बजेसम्म, रेष्टुरेण्ट व्यवसायीले राति ८ः३० बजेसम्म र होटलले ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ । 

तिहार र छठलाई लक्षित गरी लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा बसेको बैठकले पान पसललाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ 

विद्यालय तथा धार्मिक क्षेत्र वरिपरी मदिरा बेचबिखन, सेवन तथा उपभोग गर्न नपाइने व्यवस्था गर्न स्थानीय तहसँग अनुरोध गरिएको सूचनामा उल्लेख छ । 

नेपाल र भारत सिमाको दशगजा क्षेत्रबाट एक किलोमिटरभित्र कुनै पनि प्रकारको मदिरा, मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनलाई पूर्ण रुपले रोक लगाउने निर्णय गरिएको प्रजिअ पौडेलले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्