काठमाडौं, १८ फागुन - त्रिभुवन विश्व विद्यालय अन्तर्गतथका दुई सय क्याम्पसमा आज चुनाव हुँदैछ । विद्यार्थी संगठनको विवादका कारण आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन ठूला क्याम्पसमा चाहिँ हुन सकिरहेको छैन ।
विश्व विद्यालयमा आवद्ध ठूला क्याम्पसमा चुनाव हुन नसकेपछि चुनावी रौनक नदेखिएको विद्यार्थीहरू बताउँछन् । त्रिविका ६० आंगिक क्याम्पस मध्ये २४ वटा मात्रै ठूला क्याम्पसमा निर्वाचन हुँदैछ । तर अरु साना क्याम्पसमा चाहिँ आज निर्वाचन भइरहेको छ ।
विद्यार्थी संगठनहरुका बिवादका कारणले ठूला क्याम्पसहरुमा निर्वाचन हुन सकेको छैन । धेरै जसो क्याम्पसमा एकअर्काले ताला लगाइरहेका छन् ।
आज काठमाडौंका सानोठीमि क्याम्पस, भक्तपुर बहुमुखि क्याम्पस, पल्चोक इन्जिनियरिङ, थापाथलि इन्जिनियरिङ, जन प्रशासन क्याम्पस, शिक्षण अस्पताल, आयुर्वेद क्याम्पस र कृषि क्याम्पसमा निर्वाचन हुँदैछ ।
स्ववियु निर्वाचनमा हट केक मानिने मुख्य क्याम्पसहरु किर्तिपुर, शंकरदेब, रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, पिके, मीनभवन, नेपाल ल लगायतका चर्चित क्याम्पमासमा चाहिँ निर्वाचन हुन सकेन ।