३० जेठ २०८३, शनिबार

बजेट अभावका कारण बेनी–गलेश्वर सडक अन्योलमा

कात्तिक २३, २०७५
बजेट अभावका कारण बेनी–गलेश्वर सडक अन्योलमा
फाइल तस्बिर

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दुमा पर्ने बेनी–गलेश्वर खण्डको सडक आयोजना अन्योलमा परेको छ । 

ठेक्का सम्झौता भएर प्रारम्भिक चरणको काम शुरु भएको सडक योजना चालु आर्थिक वर्षमा बजेटविहीन बनेपछि कार्यान्वयनमा अन्योलता उत्पन्न भएको हो । तीन किलोमिटर दूरीको बेनी–गलेश्वर सडकमध्ये यसअघि एक किमी ५०० मिटर गत वर्ष कालोपत्रे भएको थियो । 

कालीपुलदेखि गलेश्वरसम्म बाँकी रहेको एक किलोमिटर ९०० मिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कार्यालय बागलुङले गत असारमा गौरी–पार्वती–रुपल जेभीसँग रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

कम्पनीका प्रतिनिधि विपिन खड्काले सडक डिभिजनले बजेट अभावमा काम स्थगित गर्न पत्राचार गरेपछि योजना अन्योलमा परेको बताए । गलेश्वर बसपार्कमा नाली र जलेश्वरमा पहिरो नियन्त्रणको काम शुरु गरेको कम्पनीले कार्यालयको पत्राचारपछि काम स्थगित गरेको छ । 

डिभिजनका प्रमुख थानेश्वर खत्रीले सङ्घीय र प्रदेश सरकारबीच कसले योजना सञ्चालन गर्ने भन्ने यकिन भएपछि काम अघि बढ्ने बताए । योजनालाई निरन्तरता दिन र बजेटको व्यवस्था गराउन सम्बन्धित मन्त्रालयमा पहल गरिएको जिल्लाका सांसदहरुले बताएका छन् । 

ठेक्का सम्झौता अवधि सकिन नौ महीना बाँकी छ । सडक फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, नाली बनाउने र दुई लेन कालोपत्रे गर्ने योजना छ । नौ मिटर फराकिलो हुने सडकमा एक मिटर नाली र सात मिटर कालोपत्रे गरिने सडक डिभिजनले जनाएको छ । 

सडक कालोपत्रे भएपछि प्रसिद्ध धार्मिकस्थल गलेश्वर, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जानआउन प्रयोग हुने बेनी–गलेश्वर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा असहज यात्रा गर्नुपर्ने समस्या छ । 

salt training

कमेन्ट गर्नुहोस्