
काठमाडौं– अबुधावीमा जारी पाकिस्तान र न्युजिल्याण्डबीचको वान डे सिरिज बराबरी भएको छ । दोस्रो वान डे क्रिकेटमा पाकिस्तान ६ विकेटले विजयी भएसँगै खेल १–१ को बराबरीमा पुगेको हो ।
योसँगै ३ म्याचको सिरिज १–१ को बराबरीमा आएको छ । अबुधावीमा २ सय १० रनको मध्यम लक्ष्य पाकिस्तानले ४० ओभर ३ वलमा ४ विकेट गुमाएर भेट्टाएको हो । यसअघि पहिले व्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । तेस्रो तथा निर्णायक वान डे भोलि अबुधाबीमा हुनेछ ।
साउथ अफ्रिकाविरुद्धको दोस्रो वान डेमा भने अष्ट्रेलिया ७ रनले विजयी भएको छ । योसँगै ३ म्याचको सिरिज १–१ को बराबरीमा आएको छ । २ सय ३२ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिकाले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर २ सय २४ रन मात्र बनाउन सक्यो । निर्णायक वान डे भोलि खेलिनेछ ।