
फिल्म उद्योगका सेलेब्रेटीहरुको पारिवारीक जीवनका बारेमा धेरैमा चासो हुने गरेको छ । उनीहरुको पारिवारीक सम्बन्ध, सेलेब्रेटीको पति पत्नीबीचको सम्बन्ध विवादका घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।
भारतीय फिल्म उद्योगमा पनि यस्तै केही सम्बन्धको चर्चा बेलाबखतमा हुने गरेको छ ।
सेलेब्रेटीहरुको अफेयर र ब्रेकअपका समाचारहरु आउनु त कुनै नयाँ कुरा होइनन् । बिबाहपछि पनि अन्य महिलाहरुसँग सम्बन्ध रहेका कारण केही अभिनेताहरुले ठूलो मूलय चुकाउनु परेका घटनाहरु पनि छन् । जसका कारण केहीका डिभोर्स भएका छन् तर केही अभिनेता भने जोगिएका छन् वा भनौ यस्ता सम्बन्धबारे जानकारी पाएपछि उनीहरुका श्रीमतीले सुर्धने मौका प्रदान गरेका छन् जसका कारण उनीहरुको घर भत्कनबाट जोगिएको छ । यस्ता केही अभिनेताबारे यहाँ हामी उल्लेख गर्छौं ।
अमिताभ बच्चन
बलिउडका महानायक मानिने अमिताभ बच्चन र रेखाको चर्चा अझै पनि हुने गरेको छ । तर, अभिनेत्री जयासँग बिहे गरेपछि पनि अमिताभ र रेखाको अफेयरले चरम रूप लिन लागेको थियो । दुवैको प्रेम सम्बन्ध थियो । तर, पछि जयाले अमिताभलाई माफ गरिन् र उनलाई गल्ती सुधार्ने मौका दिएकी थिइन् ।
गोविन्दा
यस मामलामा पहिलो नम्बरमा सुरपस्टार गोविन्दाको नाम आउँछ । फिल्म ‘हद कर दी आपने’को सुटिङको दौरान गोविन्दा र रानी मुखर्जी प्रेम सम्बन्धका कारण चर्चामा आएका थिए । अभिनेता गोविन्दाले पनि रानीसँग प्रेम सम्बन्ध रहेको कुरा स्विकारेका थिए । तर, यो थाहा पाएर पनि गोविन्दाकी पत्नी सुनिताले भूल सुधार्ने मौका दिएकी थिइन् ।
अक्षयकुमार
यस लिस्टमा सुपरस्टार अक्षयकुमार पनि सामेल छन् । ट्विंकल खन्नासँग बिहे भइसकेपछि पनि उनको नाम अभिनेत्री प्रियंका चोपडासँग जोडिएको थियो । अक्षय र प्रियंकाबारे ट्विंकलले थाहा पाएपछि अक्षयलाई चेतावनी दिएकी थिइन् कि उनले प्रियंकाको साथमा कुनै पनि फिल्म साइन गर्ने छैनन् ।
शाहरुख खान
बिहेपछि अफेर चलाउनेमा किङ खान अर्थात् शाहरुख खान पनि जोडिन्छन् । फिल्म ‘डन’को सुटिङका क्रममा अभिनेत्री प्रियंका चोपडा र शाहरुख खान नजिकिएका थिए ।
तर, त्यतिवेला शाहरुखकी श्रीमती गौरी खानले चेतावनी दिइन् कि यदि प्रियंका शाहरुखबाट अलग भइनन् भने उनले ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यसपछि प्रियंका शाहरुखबाट अलग भइन् । शाहरुख खानलाई पनि गौरीले गल्ती सुधार्ने अवसर दिइन् ।