३२ असार २०८३, बिहीबार

तिहारका लागि बालेको मैनबत्तीबाट पाँच घर जलेर नष्ट

कात्तिक २४, २०७५
तिहारका लागि बालेको मैनबत्तीबाट पाँच घर जलेर नष्ट

कृष्णनगर-  कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन् । 

स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । 

आगलागीबाट रु दुई लाखबराबरको क्षति भएको छ भने अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । आगोबाट मानवीय क्षति भने नभएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्