२९ असार २०८३, सोमबार

मुख्यमन्त्री र चिनिया राजदूतबीच छलफल– कृषिको विकासमा चीन सरकारले सहयोग बढाउने

कात्तिक २५, २०७५
मुख्यमन्त्री र चिनिया राजदूतबीच छलफल– कृषिको विकासमा चीन सरकारले सहयोग बढाउने

बुटवल– प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदुत यु होङले आइतबार बुटवलमा भेटघाट गरेकी छन् । भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको छ । 

मुख्यमन्त्रीले पोखरेलले प्रदेश पाँचमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव प्रदेश सरकारका लागि  काम लाग्ने बताए । उनले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले राजदुत मार्फत चिनियाँ सरकारप्रति धन्यवादन व्यक्त गरिन । 

उनले चिनियाँ रेल काठमाडांै हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरिन् । राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताए । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरिन । 

उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदान–प्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराइन । साथै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सफलता पाउन शुभकामना समेत दिइन । राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्