
उदयपुर – उदरपुरमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका छन् ।
बेलका नगरपालिका वडा नम्बर ८ स्थित रङमहलको ओरालोमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदरपुरले जनाएको छ ।
मृत्यु हुनेहरुमा बेलका नगरपालिका २ बेलहाकी १९ बर्षिया विनिता चौधरी, २० बर्षिया दिपिका चौधरी र २० बर्षिय ईन्द्र चौधरी रहेका छन् ।
२७ घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।