१० साउन २०८३, आइतबार

जलविद्युत उत्पादनका लागि हङ्गेरीले एघार अर्ब ऋण दिने

कात्तिक २०, २०७४
जलविद्युत उत्पादनका लागि हङ्गेरीले एघार अर्ब ऋण दिने
काठमाडौँ, १८ फागुन –हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि करिब रु ११ अर्ब २० करोड रुपैयाँ (१०० मिलियन युरो) ऋण सहयोग गर्ने भएको छ । हंगेरीले उक्त ऋण एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको हो ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिएका हुन् ।

राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औंँ सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री डा. महत र हङ्गेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो ।

सो वार्ताका क्रममा मन्त्री सिजार्तोले हङ्गेरी सरकारले प्रत्येक वर्ष १० नेपाली विद्यार्थीलाई हङ्गेरीका विश्व विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको जानकारी दिए ।

उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो । विदेशमन्त्री सिजार्तोले नेपालले दिएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदवारीको समर्थन गर्दै नेपाललाई भोट हाल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उच्चस्तरीय भेटवार्तामा परराष्ट्रमन्त्री डा. महतले मङ्गलबार नै राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँं सत्रलाई सम्बोधन गरेका थिए ।
नेपालले सन् २०१८ देखि सन् २०२० सम्मका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्