१० साउन २०८३, आइतबार

चुनावको विरोध गर्ने पनि , माग्ने पनि ! सुरु भयो नेविसंघको अनसन

कात्तिक २०, २०७४
चुनावको विरोध गर्ने पनि , माग्ने पनि  ! सुरु भयो नेविसंघको  अनसन
काठमाडौं, १८ फागुन – त्रिभुवन विश्वविद्यालयले तोकेको मितिमा चाहिँ चुनावको विरोध गर्दै तालाबन्दीमा उत्रिएको नेविसंघले पुनः चुनावको माग गर्दै रिले अनसन सुरु गरेको छ ।

नेविसंघ पद्मकन्या क्याम्पसको अगुवाईमा रिले अनसन सुरु गरिएको हो । यसअघि भर्नालगायतका विभिन्न कारण देखाउँदै नेविसंघ र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले विभिन्न क्याम्पसहरुमा तालाबन्दी गर्दा आज चुनाव हुन सकेको थिएन ।

ति क्याम्पसहरुमा चुनाव आज नभएसँगै वित्रिले अबको दुई वर्ष अर्को निर्वाचन नगर्ने बताएपछि चुनावको माग गर्दै पद्मकन्यामा रिले अनसनको घोषणा गरिएको हो ।17036702_10210275020965757_1126086817_o_1

salt training

कमेन्ट गर्नुहोस्