२६ असार २०८३, शुक्रबार

स्ट्यान्डर्ड चार्टडको एफपिओ खुल्यो, दोस्रो बजार भन्दा झन्डै सात सय सस्तो

कात्तिक २०, २०७४
स्ट्यान्डर्ड चार्टडको एफपिओ खुल्यो, दोस्रो बजार भन्दा झन्डै सात सय सस्तो
काठमाडौं, १९ फागुन — स्ट्यान्र्डड चार्टड बैंकको एफपिओ खुलेको छ । बैंकले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओको आवेदन खुलाएको हो ।

अहिले दोस्रो बजारमा सो बैंकको शेयर मुल्य १९ सय ५० रुपैयाँ रहेको छ । चैत १ गतेदेखि शेयरको लागि आबेदन भर्न पाइने छ । छिटोमा चैत चार र ढिलोमा चैत १५ गते निष्कासन बन्द गरिने बैंकले जनाएको छ । बैंकले ११ सय ९० रुपैयाँ प्रीमीयर सहित प्रति कित्ता १२ सय ९० मा सेयर खुलाएको छ । दोस्रो बजार भन्दा बैंकले खुलाएको शेयरको मुल्य कम भएकोले एफपिओ भर्नेहरुलाई फाइदामा जान सक्छन् ।

salt training

कमेन्ट गर्नुहोस्