२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री भएपछि दोस्रो पटक युएईको भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री

मंसिर २, २०७५
प्रधानमन्त्री भएपछि दोस्रो पटक युएईको भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन् । 

युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख मोहमद बिन जायद अल नायेडको निमन्त्रणामा उहाँनी युएइ गएका हुन् । 
प्रधानमन्त्री खानको भ्रमण टोलीमा विदेशमन्त्री, अर्थ मन्त्री, पेट्रोलियम मन्त्री, ऊर्जा मन्त्री र सल्लाहकारहरु पनि रहेका छन् । 

युवराजसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री खानले दुई पक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

पाकिस्तानी प्रधानमन्त्री खानले युएइका प्रधानमन्त्री शेख मोहमद बिन रशिद अल मख्तुमसँग पनि भेटवार्ता गर्ने भएका छन् । 

प्रधानमन्त्रीमा निर्वाचित भएपछि खानको यो दोस्रो युएइ भ्रमण हो । यसअघि उनले गत सेप्टेम्बर १९ मा युएइको भ्रमण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्