३१ असार २०८३, बुधबार

क्यालिफोर्निया डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै १०००

मंसिर २, २०७५
क्यालिफोर्निया डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै १०००

अमेरिका-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गरेका छन् । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुःखद घटना भएको बताए । 

क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नजिकका गाउँ सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने अरु एक हजार भन्दा बढी बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । “यो धेरै दुःखद् छ,” ट्रम्पले प्याराडाइजमा भने

डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन् । 

डढेलो करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ । यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने अनुमान गरेका छन् । डढेलोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्