
विराटनगर- कांग्रेसभित्र कोइराला परिवारका तीन नेताहरूले विगतका सबै तिक्तता बिर्सेर एक भएको उद्घोष गरेका छन् ।
आइतबार विराटनगगरस्थित कोइराला निवासमा जिपी फाउन्डेसनको १ नम्बर प्रदेश कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्दै डा. शशांक कोइराला, सुजाता कोइराला र डा. शेखर कोइरालाले एकताको उद्घोष गरेका हुन् ।
उनीहरूले आफूहरू कहिल्यै विभाजित नभएको र भविष्यमा पनि कुनै हालतमा नहुने उद्घोष मात्र गरेनन्, मञ्चमा एउटै माला लगाएर एकताको सन्देश पनि प्रवाह गरे । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।