२२ जेठ २०८३, शुक्रबार

बिरामी परे डाक्टर केसी, मनमोहन सेन्टरको इमर्जेन्सीमा उपचार हुँदै

बिरामी परे डाक्टर केसी, मनमोहन सेन्टरको इमर्जेन्सीमा उपचार हुँदै
फाइल फोटो

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसी बिरामी परेका छन् । 

छातीमा अत्यधिक दुखाइका कारण उनलाई सोमवार बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोसिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको छ ।

डा. केसीको उपचार भइरहेको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालका कार्यकारी निर्देशक डा. उत्तम श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्