२८ जेठ २०८३, बिहीबार

सुविधामा पाएको मोटरसाइकल वडाअध्यक्षले लिएनन्, उक्त रकमले जनतालाई खानेपानीको व्यवस्था गर्ने

सुविधामा पाएको मोटरसाइकल वडाअध्यक्षले लिएनन्, उक्त रकमले जनतालाई खानेपानीको व्यवस्था गर्ने

कञ्चनपुर–जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलब भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मूख हुन थालेपछि चौतर्फी आलोचित हुन थालिरहेको अवस्थामा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रतापबहादुर चन्दले भने सुविधामा दिएको मोटरसाइकल लिन अस्वीकार गरेका छन् ।

चन्द तत्कालिन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । गत आ.ब २०७५÷७६ को नगरसभाले ११ वटै वडा अध्यक्षलाई मोटरसाईकल खरिद गर्न भनी ३५ लाख विनियोजन गरेको थियो । उक्त रकम लगभग एउटा पुरै वडाको विकास बजेट जतिकै भएको हुँदा जनप्रतिनिधि सुविधाभोगी हुनु नहुने भन्दै नगरसभामा आपत्ति जनाएका थिए । विनियोजित कार्यक्रम अनुसार नगरपालिकाले दशैंको अवसर यमाहाको एस.जेड.आर. १५० सि.सि. मोटरसाईकल खरिद गरि वडा अध्यक्षहरुलाई वितरण गरेको थियो । तर वडा अध्यक्षले भने मोटरसाईकल नलिई उक्त रकले आफ्नो वडामा पानी फिल्टर वितरण गर्ने योजना बनाएका छन् । 

आफ्नो वडाको भकुण्डा भन्ने गाउको २३ घरधुरीको धारामा अत्याधिक आरसेनिक भेटिएको र बर्षौदेखि स्थानीयवासी त्यही दुषित र जोखिमयुक्त पानी पिउन बाध्य भएका कारण आफुले यो योजना बनाएको वडा अध्यक्ष चन्द बताउँछन् । संविधान कार्यान्वयन गर्ने पहिलो निकाय भनेकै स्थानीय तह हो । नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चत गर्न मोटरसाईल बराबर मूल्यको उक्त बस्तीमा ‘बायो स्याण्ड फिल्टर’ मार्फत पानी वितरण गर्ने चन्दले बताए । ‘तराईको ४२–४३ डिग्री गर्मीमा मजदुरी गरि छाक काटेर संकलन भएको करबाट मोटरसाईकल चढ्नु भनेको गरिब नगरवासीको ढाडमा चढ्नु हो’ चन्दले बताउँछन् । यस क्षेत्रमा बसोबास भएको ४८ वर्ष बन्दा बढी भए पनि अहिले आएर फिल्टर पाए पछि आफुहरुले शुद्ध पानी खान पाउने भएकोमा स्थानीयबासी हर्षित भएको छन् । वडा अध्यक्ष चन्दको यो कमदको भने चौतर्फी प्रशंसा हुन थालेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्