२२ असार २०८३, सोमबार

शरीरले यी संकेत देखायो भने तनाव भएको बुझ्नुस्

कात्तिक २०, २०७४
शरीरले यी संकेत देखायो भने तनाव भएको बुझ्नुस्
काठमाडौं, १९ फागुन — तनाव हिजोआजको सामान्य समस्या हो । तर समयमै तनावमाथि नियन्त्रण जमाउन सकिएन भने यसको खराब परिणाम समेत निस्कन्छ ।


तनाव भयो भने कुनै काम गर्न मन लाग्दैन । भोक पनि भाग्छ अनि राति निद्रा पनि लाग्दैन । तनाव र चिन्ताका काला बादलहरू चारैतिर मडारिएका हुन्छन् । तपाईं तनावमा हुँदा शरीरले पनि संकेत दिन थाल्छ ।

के हुन् त यी संकेत ?

१. झर्कोफर्को गर्नु
तनाव भएपछि झर्कोफर्काे गर्नु र चिन्तित हुनु सामान्य कुरा हो । यतिखेर तपाईंलाई सानासाना कुराले पनि दिक्क लगाउँछ ।

२. नचाहिने कुरा सोचिबस्ने
चहिनेभन्दा बढी सोच्न थाल्दा पनि तनाव हुन्छ । यसो हुँदा तपाईं कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न सक्नुहुन्न । अनि यसैले तपाईंको आत्मविश्वास पनि कम हुँदै जान्छ ।

३. शरीरमा समस्या
कुम अलि अररो हुन थाल्नु पनि तनावको लक्षण हो । त्यस्तै छाती पोल्ने र पेट दुख्ने अनि हरेक दश मिनेटमा शौचालय जाने पनि तनावकै लक्षण हो ।

४. निद्रा नलाग्ने
सुत्न खोजेको बेलामा मानिसहरू नचाहिने काम गरेर पनि तनाव बढाउँछन् । राति मोबाइलमा च्याट गर्ने अनि कम्प्युटरमा काम गर्ने गर्दा निद्रा बिग्रिन्छ अनि तनाव बढ्छ । राम्ररी नसुत्दा शरीरमा असर पर्छ । निद्राको क्षतिपूर्तिका लागि धेर खान थालिन्छ अनि त्यसैले गर्दा तौल बढ्छ । शरीरलाई सन्तुलनमा राख्ने हर्मोनमा असर परेर तौल बढ्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्