२२ जेठ २०८३, शुक्रबार

सन्दीपको नवौं विदेशी लिग पीएसएल, न्यूनतम प्रारश्रमिक ५० हजार अमेरिकी डलर

मंसिर ५, २०७५
सन्दीपको नवौं विदेशी लिग पीएसएल, न्यूनतम प्रारश्रमिक ५० हजार अमेरिकी डलर
फाइल तस्बिर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने मंगलबार पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । 
 पाकिस्तानको लाहोरमा मंगलबार भएको अक्सनमा लाहोर कलन्डर्सले नेपाली युवा लेग स्पिनरलाई सन्दीपलाई विदेशी खेलाडीको गोल्ड क्याटगोरीबाट छनोट गरेको हो । 

उनलाई गोल्ड क्याटगोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो । यससँगै सन्दीपले न्यूनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सन्दीप आबद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट–इन्डिजका कार्लोस बाथवेट, न्युजिल्यान्डका कोरी एन्डर्सन छन् ।

पीएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्डर्स, पेसावर जल्मी, क्येवा ग्लाडिएटर्स र द सिक्थ टिम रहेका छन् । सन्दीप अघिल्लो वर्ष पीएसएलको ड्राफ्टमा भए पनि उनलाई कुनै पनि टिमले चासो देखाएका थिएनन् । पीएसएलमा आबद्ध भएसँगै सन्दीपको यो नवौं विदेशी फ्रेन्चाइज लिग क्लब बनेको छ । पीएसएल १४ फेब्रुअरीदेखि १७ मार्चसम्म पाकिस्तानको लाहोरका आयोजना हुँदै छ ।

इन्डियन प्रिमियर लिग (ईपीएल) बाट सुरु भएको सन्दीपको विदेश यात्रा पछिल्लोपटक पाकिस्तानसम्म पुगेको छ । उनले आईपीएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सीपीएल (वेस्ट–इन्डिज) र एपीएल (अफगानिस्तान) को लिग खेलिसकेका छन् । सन्दीप पीएसएलसँगै टी–१०, बिग बास लिग, बंगलादेश प्रिमियर लिग र आईपीएलका लागि अनुबन्धित भइसकेका छन् ।

पीएसएलमा आबद्ध भएसँगै सन्दीप आगामी ६ महिना अर्थात् अप्रिलसम्म व्यस्त हुनेछन् । सन्दीप अहिले संयुक्त अरब इमिरेट्स (यूएई) मा अर्काे बुधबारदेखि आयोजना हुने टी–१० लिगका लागि यूएईमा रहेका छन् ।

अाजकाे राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्