२८ असार २०८३, आइतबार

२८ हजार नगदसहित छ जुवाडे पक्राउ

२८ हजार नगदसहित छ जुवाडे पक्राउ

पर्सा-  पर्साको सखुवाप्रसौनि गाउँपालिकाबाट प्रहरीले गए राति छ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । गाउँपालिकाको वडा नं ५ बुलवाटोल निवासी जलन्धर यादवको घरबाट कैडा खेलिरहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

यादवको घरमा जुवा खेलिरहेको पूर्वसूचनाका आधारमा कारवाही गर्दा छ जनालाई रु २८ हजार नगदसहित पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । 

उहाँले पक्राउ पर्नेमा पर्साको बहुदरामाई नगरपालिका–५ निवासी दीपनारायण महतो, सखुवाप्रसौनि–६ निवासी मुखतार मियाँ, जोखु राउत वडा नं ५ निवासी रामगुलाम यादव, जयराम राउत र दिनेश राम रहेकोे बताउनुभयो । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्