२४ असार २०८३, बुधबार

कार्यकर्तालाई भैरहवाबाट देउवाको निर्देशन– आफ्ना नेताको होइन, नेकपाको विरोध गर्नुस्

मंसिर ६, २०७५
कार्यकर्तालाई भैरहवाबाट देउवाको निर्देशन– आफ्ना नेताको होइन, नेकपाको विरोध गर्नुस्

बुटवल – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवादतर्फ अगाडि बढेको आरोप लगाएका छन् ।

कांग्रेस महासमिति बैठकमा पेश हुने राजनीतिक प्रस्तावमा सुझाव संकलन गर्न बिहीवार रूपन्देहीको भैरहवामा आयोजित प्रदेश स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो आरोप लगाएका हुन् ।

सभापित देउवाले वर्तमान सरकार र सत्तारुढ दल नेकपाविरूद्ध विरोध प्रदर्शनमा उत्रन कार्यकर्तालाई निर्देशन पनि दिए । ‘आफ्ना नेताविरुद्ध बोल्नुभन्दा नेकपाको विरोध गर्नुस्,’ देउवाले भने ।

सभापति देउवाले अहिलेको सरकार कर बढाउन मात्र उद्धत रहेको भन्दै प्रधानमन्त्रीको नाम केपी ओली नभई करप्रसाद शर्मा ओली हुने जिकिर गरे ।

उनले सरकारले निर्मला हत्याकाण्डका आरोपीलाई बचाउन खोजेको आरोप समेत लगाए ।

कांग्रेस मंसिर अन्तिम साता काठमाडौंमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव तयारीका लागि सुझाव संकलनका क्रममा छ ।

यसक्रममा बिहीवार भैरहवामा ५ नम्बर प्रदेशको सुझाव संकलन गरिएको केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले बताए ।

गोष्ठीमा प्रदेश नम्बर ५ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, पार्टी जिल्ला सभापतिहरू, प्रतिनिधि सभाका सदस्यहरू, राष्ट्रिय सभाका सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, महासमिति सदस्यहरू, क्षेत्रीय सभापतिहरू, भातृ संघ एवं शुभेच्छुक संस्थाका प्रदेश स्तरीय सभापति वा अध्यक्षहरू, निर्वाचित नगर प्रमुखहरू, उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष तथा उपााध्यक्षहरू सहभागी छन् ।

केन्द्रले प्रदेश ५ मा संयोजकका रूपमा केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई संयोजक तोकेको थियो ।

कार्यक्रममा ३ सय ५० भन्दा बढी कांग्रेस कार्यकर्ता सहभागी भएको कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले जनाए ।

salt training

कमेन्ट गर्नुहोस्