२२ जेठ २०८३, शुक्रबार

कर्णालीको सिँजामा एनटीसीको टावर : फोन गर्नका लागि अग्लो डाँडामा पुग्नुनपर्ने

कर्णालीको सिँजामा एनटीसीको टावर : फोन गर्नका लागि अग्लो डाँडामा पुग्नुनपर्ने

वीरबहादुर राना 

जुम्ला — इन्टरनेटको दुनियाँसँग जोडिने गरी कर्णाली प्रदेशको जुम्ला जिल्ला सिँजा गाउँपालिकामा नेपाल टेलिकम (एनटीसी) को टावर सञ्चालनमा आएको  छ । 

भौगोलिक विकटताका कारण पहिले टेलिकमको सेवा सुचारु हुन नसकेको भएपनि अहिले भने सिँजा गाउँपालिकाको पहलमा पाँच करोड रुपैयाँ लगानीमा एनटीसीको टावर सञ्चालनमा आएको हो । 

गाउँपालिका अध्यक्ष देवलसिंह रावलले समग्र नागरिक, उपभोक्ता तथा सर्वसाधारणको सहजता र हितका लागि सञ्चार सुविधा प्रदान गर्नका लागि पहल र जोड गरिएको अनि त्यो अहिले आएर पूरा भएको बताए । 

‘लामो समयदेखि सूचना र सञ्चार प्राप्ति गर्न लागि तीव्र प्रतीक्षामा रहेका सिँजावासीको प्रतीक्षाको घडी आजबाट समाप्त भएको छ,’ उनले बताए । 

एनटीसीको टावर आएपछि सिँजावासीहरूलाई सञ्चारको पहुँज सहज भएको छ । 

पहिला स्काईको टावर भएतापनि राम्रोसँग कुरा नबुझिने अनि फोन नै नलाग्ने र फोन गर्नका लागि घरबाहिर अग्लो डाँडामा जानु पर्ने अवस्था थियो । 

यो समस्या अहिले पूरै हटेको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्