२५ जेठ २०८३, सोमबार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको तयारी पूरा

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको तयारी पूरा

काठमाडौं– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय महिला आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी यही मङ्सिर ९ देखि २५ गतेसम्म हुने अभियानबारे जानकारी गराउँदै सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अभियानलाई सातैवटा प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरी प्रभावकारीरूपमा मनाउने तयारी भएको बताइन् । अभियानलाई अभियानको रूपमा मात्रैभन्दा पनि वास्तवमै महिला हिंसा अन्त्य गर्नका लागि पहल गरिने उनको भनाइ छ । 


अभियान अवधिको दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिनेछ । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै महिला तथा पुरुषबीच रहेको असमानता हटाई बालिका, किशोर, वयस्क र वृद्धा महिलालगायत सबै लिङ्गका मानिसलाई बिना भेद्भाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले सो अभियान आयोजना गरिएको हो ।

सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिकदेखि शुरु भई डिसेम्बर १० तारिकका दिन सम्पन्न हुने गरेको छ । यस वर्षको अभियानको नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्