काठमाडौं, २० फागुन — हरेक महिलाले आमा बन्ने सपना देखेकै हुन्छिन् । आफ्नो बच्चा कस्तो होला भन्ने उत्सुकता आमामा हुन्छ । यस्तै उत्सुकता अमेरिकाको युटाहमा बस्ने मेकेली अर्हीनमा पनि थियो ।
मेकेली २२ हप्ताकी गर्भवती थिइन् र नियमित जाँचका लागि चिकित्सककहाँ पुगेकी थिइन् ।
अल्ट्रासाउन्ड हेर्दा पो तीनछक्क परिन् । गर्भको बच्चा त रक गायकले दिने मुद्रा देखाइरहेको थियो । चोरी र कान्छी औंला उठाएर शैतानको सिंगवाला रक जेस्चर देखाइदियो बच्चाले । ‘अब म बाहिर आउनै लागेको छु है’ भनेजस्तो देखिन्थ्यो बालकको छाँटकाँट ।
मेकेलीले रकस्टार बच्चाको तस्वीर सामाजिक सञ्जालमा अपलोड गरेपछि भाइरल भयो । धेरैले चाहिँ यो फोटो झुटो भएको टिप्पणी गरे । तर यो सत्य भएको साबित गर्न नसैले नै अल्ट्रासाउन्डको भिडियो पोस्ट गरिन् र यो साँचो गतिविधि भएको खुलासा गरिन् ।