१० साउन २०८३, आइतबार

रजनीकान्त तथा अक्षय कुमारको फिल्म २.० ले गर्‍यो धमाल, नचल्दै कमायो ४९० करोड

रजनीकान्त तथा अक्षय कुमारको फिल्म २.० ले गर्‍यो धमाल, नचल्दै कमायो ४९० करोड

रजनीकान्त तथा अक्षय कुमार स्टारर फिल्म २.० रिलिज भन्दा पहिला नै धेरै रेकर्ड राख्न सफल भएको छ । पहिलो त यो फिल्म भारतमा सबैभन्दा महंगो फिल्म बनेको छ । फेरि यसले अग्रिम बुकिङको माध्यमबाट १२० करोड रुपैयाँको कमाइ गरेर नयाँ रेकर्ड बनाएको छ । अब फिल्मले कमाइको मामलामा अर्को उपलव्धि हासिल गरेको छ । 

रिपोर्टहरुका अनुसार रिलिज भन्दा पहिला यस फिल्मले ४९० करोडको कमाइ गरेको छ । जसको मतलब हो कि निर्माणपक्षको लगानीको आधा भन्दा धेरै पैसा उठिसकेको छ । जानकारीका अनुसार फिल्म २.० को बनाउन करिब ५४० देखि ५५० करोड रुपैयाँ खर्च भएको छ । यसमा राइट्स तथा एडभान्स बुकिङको माध्यमबाट ४९० करोड कमाइ भइसकेको छ । 

अनलाई रिपोर्टका अनुसार फिल्ममेकर्सले २.० स्याटालाइट राइट्स करिब १२० करोडमा बेचेको हो । डिजिटल राइट्सको करिब ६० करोडमा बिकेको छ । फिल्मको अग्रिम राइट्स १९० करोडमा बेचिएको हो र एडभान्स टिक बुकिङको माध्यमबाट फिल्म पहिले नै १२० करोड कमाउन सफल भएको छ । 

शंकरको निर्देशनमा बनेको यो फिल्म २९ नोभेम्बरमा सिनेमाहलहरुमा चल्नेछ । यो फिल्ममा अक्षय कुमार भिलेको रोलमा देखिएका छन् भने राजनीकान्त पहिलो फिल्म रोबटको भूमिका चिट्टी को अपग्रड भर्सनको भूमिकामा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्