२० असार २०८३, शनिबार

मलेसियाले भन्यो –कामदार पुरानै संयन्त्रबाट

मंसिर १०, २०७५
मलेसियाले भन्यो –कामदार पुरानै संयन्त्रबाट

काठमाडौं–श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।
कान्तिपुर दैनिक लेख्छ–कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको छ । 
श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापूर्वक अगाडि बढ्ने बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्