
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आन्तरिक विवादका कारण पटकपटक स्थगित भइरहेको छ ।
आजको राजधानी दैनिक लेख्छ–आन्तरिक विवाद समाधान मंगलबार सचिवालय बैठक बस्ने तय भएपनि अन्तिम समयमा स्थगित भयो ।
नेकपा सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक अब बुधबार बस्ने बताए । नेताहरु आन्तरिक तयारी एवम् कार्यव्यस्तताका कारण मंगलबारको बैठक स्थगित भएको बताए ।