३० जेठ २०८३, शनिबार

‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’

मंसिर १२, २०७५
‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’

काठमाडौँ-  योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएकाेमा मजदुरहरुले ऐक्याबद्धता जनाउँदै मंगलबार साँझ माइतीघर मण्डलामा दीपावली गरेका छन् । संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रको आयोजनामा भएको दीपावली कार्यक्रममा सहभागी मजदूरहरुले उक्त कार्यक्रम आफूहरुको हितमा रहेको भन्दै खुशीयाली मनाएका हुन् । 

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मैनबत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा मजदुरहरुले ‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’ भन्ने नारा लगाएका थिए । समन्वय केन्द्रका अध्यक्ष विश्वनाथ प्याकुरेलले उक्त कार्यक्रम शुभारम्भ हुनु मजदूरहरुका लागि महत्वपूर्ण उपलब्धि हो भन्दै सरकारी कदमको प्रशंसा गर्नुभयो । 

हिजाे नै पहिलो सामाजिक सुरक्षा दिवस मनाउँदै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ भएको घोषणा गरेको थियो । राजधानीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको शुरुआत भएको भन्दै श्रम गरेबापत उचित पारिश्रमिक दिने राज्य आफ्ना नागरिकको अभिभावक भएको बताउनुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्