२९ असार २०८३, सोमबार

१२६ घन्टासम्म लगातार नृत्य गरेर बन्दनाले राखिन् 'विश्व किर्तीमान'

मंसिर १२, २०७५
१२६ घन्टासम्म लगातार नृत्य गरेर बन्दनाले राखिन् 'विश्व किर्तीमान'

काठमाडौं–सबैभन्दा लामो समयसम्म शास्त्रीय नृत्य गरेर एक नेपाली किशोरीले ‘विश्व किर्तीमानी’ कायम गरेकी छन् । 

धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भएकी १७ वर्षीया बन्दना नेपालले १ सय २६ घण्टा शास्त्रीय नृत गरेर विश्व किर्तीमानी राखेकी हुन् । 

गिनिज बूक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने उद्देश्यका साथ वन्दनाले सबैभन्दा लामो समय शास्त्रीय नृत्य गरेर कितीमानी राखेकी हुन् । 

शुक्रवार (मंसिर ७ गते)  बिहान ७ बजेबाट नृत्य शुरु गरेकी बन्दनाले बुधबार १२ बजेर १६ मिनेटसम्म नृत्य गरेकी थिइन् । उनको त्यो किर्तीमानी गिनिज बूक अफ वर्ल्ड रेकर्डमा दर्ज भएपछि विश्व किर्तीमानीले औपचारिकता पाउने छ । 

गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्य गरेको रेकर्ड एक भारतीय युवतीको नाममा छ । सन् २०१६ मा भारतको केरला राज्यकी कलामण्डलम हेमलथाले लगातार १ सय २३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर विश्व किर्तीमानी कायम गरेकी थिइन् । 

चेल्सी स्कुलमा कक्षा १२ मा अध्ययनरत बन्दनाले काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा १ सय २६ घन्टासम्म नृत्य गरेकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्