१६ असार २०८३, मंगलबार

हरियो केराउसहित तीन जना पक्राउ

मंसिर १३, २०७५
हरियो केराउसहित तीन जना पक्राउ

बाँके-  बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । 

शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 

भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाका आधारमा भे१त ६७५४ र भे१त ५०२८ नंको ट्र्याक्टरसहित चालक नरैनापुर–४ को ४० वर्षीय जाकिर खाँ, २८ वर्षीय बाबु खाँ र केराउ धनी नेपालगञ्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । 

नरैनापुरको फार्मले नेपालगञ्जबाट उक्त परिमाणको केराउ खरीद गरी स–सानो बोरामा राखेर निकासी गर्न लागिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्