२५ असार २०८३, बिहीबार

तलब बृद्धिको माग गर्दै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडका मजदूरहरु आन्दोलनमा, ६ दिनदेखि काम ठप्प

मंसिर १३, २०७५
तलब बृद्धिको माग गर्दै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडका मजदूरहरु आन्दोलनमा, ६ दिनदेखि काम ठप्प

बुटवल– नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, बुटवलमा कार्यरत मजदूरहरू पारिश्रमिक वृद्धि गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरूका माग सम्वोधन गर्न पटक–पटक व्यवस्थापक र सञ्चालक समितिलाई आग्रह गर्दा समेत कुनै सुनुवाई नगरेको भन्दै गएको शुक्रबारदेखि लिमिटेडमा कार्यरत कर्मचारीहरूले सात बुँदे माग राख्दै हडताल गरेका छन् । 

हाडतालका कारण विगत ६ दिनदेखि कम्पनीको सम्पूर्ण काम पूर्ण रूपमा ठप्प छ । मजदूरहरूले अहिले  खाइपाई आएको तलबका आधारमा ५ हजार र मंहगी भत्ता ३५ सय गरी ८ हजार पाँच सय वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएका अन्य भत्ताहरु शतप्रतिशत वृद्धि हुनुपर्ने, कम्पनी भित्र क्यान्टिनको व्यवस्था, जोखिम भत्ता, आवास, कर्मचारीहरुलाई कम्पनीमा शेयर र कर्मचारीहरूलाई ड्रेसको व्यवस्था गरिनुपर्ने भन्दै संघर्षमा उत्रिएका हुन् । 

अखिल नेपाल औद्योगिक मजदुर यूनियन नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेडका अध्यक्ष भुवन गिरीले आफूहरूका माग पूरा नभएसम्म हडताल फिर्ता नहुने बताए । ‘सरकारको श्रम ऐन–२०७४ को दफा ११६ को उपपफा २ अनुसार हाम्रा माग छन्’ गिरीले भने, ‘२०७३ सालदेखि हाम्रो तलब वृद्धि भएको छैन । हामी अभद्र व्यवहार गर्दैनौ ।’ 

माग पूरा नभएसम्म हडताल जारी रहन्छ ।’ लिमिटेड जलविद्युतसम्म सम्बन्धित कारखाना हो । यहाँ १ सय ७८ मजदूरहरू कार्यरत छन् । कम्पनीको प्रमुख व्यवस्थापक भारतीय नागरिक राजेश अग्रवाल छन । उनले कम्पनीप्रति नेपाली कामदारप्रति कुनै सदभाव नदेखाएको मजदूरहरूको आरोप छ । समग्र उद्योग ट्रेड युनियन नेपाल नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेड अमितबहादुर आचार्य क्षेत्रीले माग पूरा नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताए । 
‘महंगीले आ श्रमजीवी मजदुरको दैनिक आवश्यकता पूरा गर्न धौ–धौ भएको छ’ उनले भने, ‘प्रतिष्ठानको हित विपरित काम गरेका छैनौं । हाम्रा माग पूरा हुनैपर्छ ।’ २०४२ सालमा स्थापना भएको कम्पनीले नेपालकै ठूला कालीगण्डकी जलविद्युत आयोजना, तिनाउ पावर कम्पनी, चमेलिया विद्युत आयोजनका काम गरिसकेको छ । कम्पनीले बार्षिक दुई अर्बको काम गर्दै आएको छ । 

कम्पनीका अध्यक्ष रतनसंचार श्रेष्ठले मजदुरका मागहरूको विषय हेर्ने काम व्यवस्थापकको भएको भन्दै पन्छिए । व्यवस्थापनक अग्रवालले छलफलका लागि आफू तयार रहेको प्रतिक्रिया दिए । ‘राज्यले दिएको श्रम ऐन भन्दा हाम्रो कम्पनीमा काम गर्ने मजदुरको तलब दोब्बर छ’ अग्रवालले भने, ‘छलफल गरी बोडले दिएको लिमिट अनुसार तलब वृद्धि गर्न सकिन्छ ।’ कम्पनीका पूर्व अध्यक्ष विजयबहादुर श्रेष्ठले छलफल र वार्ताबाट समस्याको निकास निकाल्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्