०७ साउन २०८३, बिहीबार

सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै ५ जनाविरुद्ध मुद्दा दर्ता

मंसिर १३, २०७५
सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं–  अख्तियार दुरुपयोग अनुसन्धन आयोगले भ्रष्टाचार गरेको भन्दै पाँच विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले दैलेखका प्रेमबहादुर खड्का, कविराम पोखरेल, देवेन्द्र विष्ट, चेतबहादुर विष्ट र विष्णा विकविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध जरिवाना र कैद सजाय माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

उनीहरुले आठवीस नगरपालिकाको बण्डाली आधारभुत विद्यालयदेखि इलाका स्वास्थ चौकीसम्म जोड्ने सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अख्तियाकारको दावी छ । अख्तियारले अनुसन्धानको सिलसिलामा संकलित कागजात र प्रमाणका आधारमा विश्लेषण गर्दा रकम हिनामिना गरेको उल्लेख गरिएको छ ।

आठबिस नगरपालिका –१ का वडा सचिव प्रेमबहादुर खड्काले लागत इष्टिमेट अनुसारको पुरा काम सम्पन्न नभएको अवस्थामा पनि पूरै काम सम्पन्न भएको भन्दै मूल्याङ्कन प्रतिवेदन तथा झुटो बिल बनाएर बढी रकम भुक्तानी दिन सिफारिस गरेका अख्तियारले जनाएको छ । त्यस्तै उक्त सडक निर्माण कार्यका उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र विष्ट समेतले लागत इष्टिमेट अनुसारको पूरा काम सम्पन्न नभएको अवस्थामा सम्झौता बमोजिम काम नगरी बढी भुक्तानी लिइ नेपाल सरकारलाई हानि नोक्सानी पु¥याएको अख्तियारले जनाएको छ । 

पाँचै जना विरुद्ध १ लाख ४७ हजार रुपैयाँ विगो दावी गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गर्न अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्