
काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्री पदमा ९ जनालाई मनोनयन गरेका छन् ।
थापाले भक्तिप्रसाद सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ्ग), राजाराम बर्तौला (मकवानपुर), बसन्तमान सिंह अधिकारी (संखुवासभा), ईन्द्र चित्रकार (काठमाण्डौ), प्रेम कुमार श्रेष्ठ (प्रवास), राजेश गिरी (झापा), तिर्थराज चटौत (कंचनपुर) र रेणुदेवी साह (सप्तरी) लाई मनोनयन गरेको सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै सहायक कोषाध्यक्षमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई मनोनयन गरिएको पनि राप्रपाले जनाएको छ ।