०३ असार २०८३, बुधबार

चीनको बसमा लगाइयो महिला सीईओको तस्वीर, साँच्चिकै मानिस ठानेर रोबोट प्रहरीले लगायो जरिवाना

मंसिर १४, २०७५
चीनको बसमा लगाइयो महिला सीईओको तस्वीर, साँच्चिकै मानिस ठानेर रोबोट प्रहरीले लगायो जरिवाना

काठमाडौं — चीनमा एयर कन्डिसनर बनाउने सबभन्दा ठूलो कम्पनीकी महिला सीईओमाथि ट्राफिक उल्लंघनको आरोपमा जरिवाना लगाइएको छ । 

चीनका प्रमुख शहरहरूका चौबाटामा कृत्रिम बौद्धिकता प्रविधियुक्त क्यामरा लगाइएको छ । तीमध्ये एक क्यामराले बसमा लेखिएको विज्ञापनमा देखिएकी महिला सीईओको तस्वीरलाई साक्षात् मानिस ठानेर जरिवाना ठोकिदियो । 

कृत्रिम बौद्धिकताले महिला सीईओको नाम नियम तोड्ने व्यक्तिको सूचीमा राखेर उनको तस्वीर चौबाटामा राखिएका डिस्प्लेमा चलाइदियो । 

गल्ती भएको पत्ता लागेपछि चीनको प्रहरीले माफी मागेको छ । डेटाबेसबाट महिला सीईओको रेकर्ड हटाइएको छ । 

ग्री विद्युतीय सामग्री कम्पनी चीनको सबभन्दा ठूलो एयर कन्डिसनर कम्पनी हो । त्यसकी सीईओ दोङ मिङ्झुको तस्वीर अचानक शेनजेन शहरका चौबाटामा राखिएका पब्लिक डिस्प्लेमा देखाइन थाल्यो । चीन प्रहरीले दोङ मिंग्झुले
रातो बत्ती बलेको बेलामा पैदलै चौबाटो काटेर ट्राफिक नियम उल्लंघन गरेको आरोप छ । 

सत्य कुरा सार्वजनिक भएपछि प्रहरीले माफी मागेको छ । 

शेनजेन प्रहरीले चीनका अधिकतर शहरमा पैदल हिँड्नेहरूले नियम उल्लंघन गर्ने गरेको बतायो । त्यसैले चौबाटाहरूमा कृत्रिम बौद्धिकतायुक्त क्यामरा फिट गरिएको छ । नियम उल्लंघन गर्नेहरूको तस्वीर त्यसले खिचिदिन्छ । 

एजेन्सी 
 
 

salt training

कमेन्ट गर्नुहोस्